अहिलेका


अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाण्डौँ, असोज १७ ।


अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई चयन गरिएको छ ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि नेतृ सिंहलाई अध्यक्षमा चयन गरिएको हो ।

माओवादी केन्द स्थायी समितिले दिएको अधिकार अनुसार अध्यक्ष प्रचण्डले विद्यार्थी नेतृसिंहलाई अध्यक्ष बनाउने निर्णय गरेको सुनाउनुभएको छ’, अखिल क्रान्तिकारीका वर्तमान अध्यक्ष रञ्जित तामाङले भने, ‘अरु पदाधिकारीका बारेमा छलफल भइृ नै रहेको छ ।’

अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए । शनिबार बसेको माओवादी केन्दको स्थायी कमिटी बैठकले क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष रहेका उनी अखिल क्रान्तिकारीमा पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
सुर्खेत निवासी नेतृ सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!