अहिलेका


अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामार्दा आत्तिनु हुदैन ः सांसद चौधरी

जनकपुरधाम, २० असोज ।

सत्तारुढ नेपाली कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरीले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारेपछि आन्दोलनमा उत्रिनु आपत्तिजनक रहेको बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा बोल्दै प्रदेश सांसद चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मार्दैमा मुख्यमन्त्री लालबाबु राउतको पार्टी जसपाले अख्तियारको विरुद्धमा आन्दोलन गर्नु दुःखद रहेको बताए ।

उनले भने– जनता सामाजवादी पार्टीले अख्तियार विरुद्ध निकालेको जुलुश प्रति आपति जनाएका छन् । उनले भने, ‘नारा जुलुश गरेर र मशाल जुलुश निकालेर र इन्टरभ्यु दिएर मलाई यस्तो ग¥यो भन्दैमा नेपालको संविधान र कानून घट्दैन्’, उनले अगाडी भने, ‘तपाईहरु जुलुश निकाल्दैमा अख्तियारको अधिकार घट्दैन् । शान्तिपूर्वक त्यसको सामना गर्नुस् यदी गलत गर्नु भएको छैन् भने ।’

प्रदेश स्थापनाकालमा प्रदेशसभा भवनको मर्मत सम्भार गर्न ७ करोड रकम आएकोमा त्यसमा अनियमितता भएको तर त्यसको प्रतिवेदन आफुहरुले सर्वसम्मत गरेर दिएपनि अख्तियारले अहिलेसम्म कुनै एक्सन नलिएको सत्तापक्षकै सांसद चौधरीको आरोप छ ।

मुख्यमन्त्री राउत अहिले आतिएको चौधरीले भने । उनले मुख्यमन्त्री राउतसँग दुई तिहाई भन्दा बढी प्रदेशसभा सदस्य रहेपनि मुख्यमन्त्री राउत आतिएको बताए ।
उनले अख्तियार विरुद्ध नारा जुलुश निकाल्नु अलिपनि मुनासिव नरहेको बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!