अहिलेका


अझै खुलेनन् सीमा नाका, प्रशासन भन्छ–‘सर्कुलर आको छैन’

जनकपुरधाम, १० असोज ।

गृह मन्त्रालयले मातहतका निकायमा खबर नगरेका कारण दक्षिणी सीमा नाका खुला गर्ने संघीय मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन हुन सकेको छैन ।
करिब दुई साताअघि मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण बन्द दक्षिणी सीमा नाका खुला गर्ने निर्णय गरेको थियो ।

तर, त्यस निर्णयबारे औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालयहरूलाई जानकारी नभएकाले सीमा नाका खुला भएका छैनन् ।

सीमा नाका बन्द हुँदा नेपाल—भारतबीच सवारीसाधनहरूको आवागमन अवरुद्ध छ । सीमावर्ती क्षेत्रका बासिन्दाहरू दुवैतिरका बजारमा आश्रित रहँदै आएका छन् ।

किनमेल, स्वास्थ्योपचार, शिक्षा, सम्बन्ध आदिका कारण दुवै देशका जनताबीचको सम्बन्ध नाका खुला नहुँदा प्रभावित बनिरहेको छ ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार कर्णले सीमा खुलाउने विषयमा गृह मन्त्रालयबाट परिपत्र नआएको बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने सीमा खुलाउने बारे आजै बैठक गरिने जानकारी दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!