अहिलेका


अन्ततः जितेन्द्र सोनल नै भए लोसपाको प्रदेश २ संसदीय दलका नेता

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल को प्रदेश २ सभामा संसदीय दलका नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् ।

आज अपराह्नदेखि अबेर रातसम्म भएको संसदीय दल बैठकमा सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि भएको मतदानमा सोनल नेता पदमा विजयी भएका हुन् ।

सर्वसम्मतको प्रयासमा लागेका लोसपाका केन्द्रीय नेतृत्वकै उपस्थितिमा राति मतदानका माध्यमबाट निर्वाचन सम्पन्न भएको हो ।

१६ सदस्यीय संसदीय दलमा सोनल ९ मत प्राप्त गरेर सोनल निर्वाचित भएका छन् भने प्रदेशसभा सदस्य उपेन्द्र महतोले ६ मत ल्याएका छन् ।

एक मत बदर भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेशसभा सदस्यका बीच सुनाएका छन् ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!