अहिलेका


अन्ततः पद परित्याग गरे जसपा नेता विजय यादव

जनकपुरधाम, २४ असोज ।
जनता समाजवादी पार्टी(जसपा) नेपालको मधेस प्रदेश कमिटी समायोजनलाई लिएर चर्को विवाद उत्पन्न भएको छ ।

तत्कालीन समाजवादी पार्टीका निर्वाचित प्रदेश २ अध्यक्ष एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव एकीकृत जसपा नेपालको मधेस प्रदेश तदर्थ समिति अध्यक्ष पदबाट राजिनामा दिएका छन् ।

मधेस प्रदेश समितिका बहुसँख्यक सदस्यहरू उनका विरुद्धमा लबिङ सुरु गरेपछि अल्पमतमा परेका विजयले राजिनामा दिएको स्रोतको भनाइ छ । उनको विश्लेषणमा पार्टीभित्रका केही नेताहरूले उनीविरुद्ध योजनाबद्ध ढंगले लागेका र संकटका समयमा नेतृत्वले समेत रक्षा नगरेकाले राजिनामाको विकल्प थिएन ।

प्रशोधक डटकमको प्रश्नमा अध्यक्ष विजयले भने, ‘मविरुद्ध भोजभतेर गर्नेहरूसँग सोध्नुस् । मैले राजिनामा दिएँ दिइनँ । होइन भने जसलाई राजिनामा बुझाएको छु उनैलाई सोध्दा हुन्छ ।’

केही समययता मन्त्री विजय र मुख्यमन्त्री लालबाबु राउतबीचको विवाद उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री राउतलाई पदच्युत गरेर मुख्यमन्त्री बन्न खोजेका विजयलाई मुख्यमन्त्री राउतले केही महिनाअघि विभाग परिवर्तन गरी अर्थबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाएका थिए ।

विभाग परिवर्तन गर्दा स्वतः राजिनामा दिने भनिएका मन्त्री यादवले राजिनामा नदिएपछि उनी विरुद्ध प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्रबाटै षड्यन्त्र र प्रपञ्च सुरु भएको थियो ।

यसअघि मधेस प्रदेश तदर्थ समितिका मुख्यसचिव शम्भू झाले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी राजिनामा दिइसकेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!