प्रशोधक समाचारदाता/जनकपुरधाम, २८ चैत ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह अन्तर सरकारी वित्त परिषद्को सातौं बैठकमा सहभागी भएका छन् । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच अन्तरसरकारी वित्त व्यवस्थापनका विषयमा आवश्यक परामर्शतथा समन्वय गर्ने उद्देश्यले गठित परिषद्को बैठक सोमबार संघीय राजधानी काठमाडौंमा बसिरहेको छ ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको अध्यक्षतामा बसिरहेको बैठकमा आर्थिक वर्ष २०७९ २०८० को बजेटका उद्देश्य, प्राथमिकता, मुख्य कार्यक्रम तथा अन्य समसामयिक विषयमा छलफल भइरहेको छ ।
बैठकमा मधेस प्रदेशका अर्थमन्त्री साहले ठूला तथा गौरवका आयोजनामा लगानीलाई प्राथमिकता दिई कृषि, स्वास्थ्य र शिक्षामा केन्द्रित भएर बजेट निर्माण गरिनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले चुरे संरक्षणका क्षेत्रमा एकीकृत प्रयास हुनुपर्ने समेत बताएका छन् ।
