अहिलेका


अपडेटः मृतक व्यक्तिको पहिचान खुल्यो

जनकपुरधाम, ३१ असोज ।

धनुषामा घाँटी रेटेर हत्या भएको एक यूवकको पहिचान खुलेको छ ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीबाट नवटोली जाने बाटो छेउमा सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ८ बस्ने संजिव पण्डितको घाँटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।

राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमको लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!