अहिलेका


अब जनकपुरधाम महानगरपालिका बन्ने : मेयर लालकिशोर साह

जनकपुरधाम, ११ असोज ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अबको केही समयभित्रमै जनकपुरधाम महानगरपालिकामा परिणत हुने दाबी गरेका छन् । उनले महानगरपालिकाका लागि जनकपुरधाममा पहिले पनि आधार र मापदण्ड पुगेको भए पनि विभेदका कारण महानगरपालिका बन्न नसकेको बताए ।

उनले राष्ट्रिय जनगणणापछि जनकपुरधामको जनसँख्या तीन लाख पुगेको यकिन हुने र अन्य पूर्वाधार भएकै कारण जनकपुरधामलाई महानगरपालिका बनाउन सरकार बाध्य हुने उल्लेख गरे ।

विश्व पर्यटन दिवसका अवसरमा प्रशोधक डटकमका लागि अनिलकुमार कर्णसँग कुरा गर्दै मेयर साहले जनकपुरधामको धार्मिक र साँस्कृतिक महत्वलाई प्रवद्र्धन गर्दै यस ठाउँलाई सुन्दर र शान्त पर्यटकीय नगरी बनाउन यपमहानगरपालिकाले धेरैवटा योजना कार्यान्वयन गरिरहेको प्रस्ट पारे ।

उनले भने, ‘कोरोना संक्रमणका कारण दुई वर्षयता धेरै काम रोकिएका छन् । तर, जनकपुरधामका पौराणिक र साँस्कृतिक महत्वका पोखरीहरूलाई व्यवस्थित बनाइएको छ । विभिन्न सम्पदाहरूको मौलिक स्वरूप नबिगारीकन स्तरोन्नति गरिएको छ ।’

जनकपुरलाई कानुनी रूपमा धाममा परिणत गरिएपछि त्यसअनुरूपको आचरण हुनुपर्ने भन्दै उपमहानगरपालिकाले मदिरा र सूर्तिजन्य वस्तुको सेवन निषेधित गर्ने अभियान थालनी गरेको जानकारी दिए । ‘विस्तारै मदिरा र सूर्तिजन्य पदार्थको सेवन निषेध गर्ने अभियान फैलिनेछ,’ उनले भने ।

जनकपुरका बाटाघाटाहरूको अतिक्रमणलाई क्रमिक रूपमा निरुत्साहित गर्ने योजनाबारे पनि उनले सुनाए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!