अहिलेका


अब सरकारी शिक्षकले राजनीति गर्न नपाउने

बर्दिया, १४ असोज ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रारम्भिक बाल सहजकर्ता तथा कर्मचारीहरूलाई शिक्षा विकास तथा समन्य इकाइ बर्दियाले सक्रिय राजनीति गर्न रोक लगाएको छ ।
शिक्षा ऐन २०२८(संशोधन सहित) को दफा १६‘ङ’ को उपदफा ५ को ‘छ’ शिक्षक पदमा आसिन बहालबाला शिक्षक कर्मचारीले सक्रिय राजनीतिमा भाग लिन नपाृउने व्यवस्थाअनुसार उनीहरूलाई सक्रिय राजनीतिमा भाग लिन इकाइले रोक लगाएको हो ।

कानुन र नियमविपरीत सक्रिय राजनीतिमा भाग लिने शिक्षक कर्मचारीलाई ऐन तथा नियमावलीअनुसार कारबाही गरिने पनि इकाइले जनाएको छ ।

सामुदायिक विद्यालयका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रारम्भिक बाल सहजकर्ता तथा कर्मचारीहरू सक्रिय राजनीतिमा भाग लिँदा पठनपाठन प्रभावित भएकाले त्यसलाई रोक्न जिल्लाका सबै सामुदायिक विद्यालयलाई परिपत्र गरिएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!