अहिलेका


अर्ली एलेक्सन हुँदैन, देउवा सरकार पूरा कार्यकालसम्म चल्छ : अध्यक्ष प्रचण्ड

जनकपुरधाम, १३ कात्तिक ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’ ले देशमा समयपूर्व आम निर्वाचन नहुने बताएका छन् । उनले अर्ली एलेक्सन नहुने दाबी गर्दै मुलुकको संवैधानिक व्यवस्थाले अर्ली एलेक्सनको परिकल्पना नगरेको र सर्वोच्च अदालतको फैसलाले पनि त्यस्तो सम्भव नहुने प्रस्ट पारे ।

सर्लाहीको एउटा कार्यक्रममा सहभागी हुन शनिबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूलाई भने, ‘प्रस्ट हुनुस् र द्विविधामा नरहनुस् अर्ली एलेक्सन हुँदैन । शेरबहादुर देउवाको पूरा कार्यकाल मज्जाले चल्छ ।’

आसन्न राष्ट्रियसभा निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेरै जाने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले निर्वाचन प्रयोजनका लागि पात्रका विषयमा मात्र सहमति हुन बाँकी रहेको बताए ।

जनकपुर विमानस्थलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सञ्चारकर्मीसँग कुरा गर्दै

उनले गठबन्धनका नेताहरू यताउता भएकाले बैठक बस्न एकदुई दिन ढिलाइ भएको भन्दै प्रधानन्यायाधीशसम्बन्धी विवादमा छिट्टै गठबन्धनको धारणा बाहिर आउने बताए । उनले भने, ‘त्यस विषयमा गठबन्धनको साझा धारणा बनाउने प्रक्रियामा छौं । समस्या समाधान गर्ने दृष्टिले नै हल गर्नेछौं ।’

गठबन्धनमा भए पनि वा नभए पनि पार्टीहरूले आआफ्नो प्रभाव विस्तार गर्नु स्वाभाविक भएको बताउँदै गठबन्धनभित्र राजनीतिक वा अन्य कुनै विवाद नरहेको जिकिर गरे । उनले भने, ‘गठबन्धन स्मुथली चलिरहेको छ ।’

गठबन्धनमा भए पनि वा नभए पनि पार्टीहरूले आआफ्नो प्रभाव विस्तार गर्नु स्वाभाविक भएको बताउँदै गठबन्धनभित्र राजनीतिक वा अन्य कुनै विवाद नरहेको जिकिर गरे । उनले भने, ‘गठबन्धन स्मुथली चलिरहेको छ ।’

अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावनाविपरीत अनावश्यक रूपले अनावश्यक विषयमा प्रतिपक्षले संसद्मा दिनहुँ गतिरोध उत्पन्न गरिरहेकाले वातावरण सहज बनाउन सदन बन्द गरिएको बताए ।

उनले अदालत र निर्वाचन आयोगले गैरसांसदलाई संसद्को कार्बाहीमा भाग नलिन फैसला गरिसकेको र अर्को पार्टी दर्ता भएर मान्यता पाइसकेपछि पनि संसद्मा गतिरोध उत्पन्न गराउनु उचित नरहेको ठहर गरे ।

अध्यक्ष प्रचण्डले नागरिक्तासम्बन्धी कानुन अध्यादेशबाट ल्याइने बताए ।

उनको यो अभिव्यक्तिपछि नागरिक्तासम्बन्धी महत्वपूर्ण कानुन अध्यादेशबाट ल्याउने प्रयोग विफल भइसकेको भनी गरेको प्रश्नपछि उनले भने, ‘यस विषयमा राष्ट्रिय सहमति बनोस् । प्रतिपक्षी एकातिर र सत्तापक्ष अर्कोतिर भन्ने रहनु हुँदैन ।’

उनले नागरिक्तासम्बन्धी कानुन अध्यादेशबाट भए वा समझदारी भएर सदनबाट ल्याइने बताए ।

जनकपुर विमानस्थलमा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्वागत गर्दै पार्टीका स्थानीय नेता र कार्यकर्ता
जनकपुरविमानस्थलबाट सर्लाहीको एउटा कार्यक्रममा गइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका साथमा पार्टीका नेता एवम् प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री भरतप्रसाद साह ।

Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!