अहिलेका


अवैध सामग्रीहरु प्रहरीद्वारा बरामद

जनकपुरधाम, २२ कात्तिक ।

नेपाल–भारत सिमानाका क्षेत्रबाट भन्सार छलि गरि ल्याउँदै गरेका सामग्रीहरु धनुषा प्रहरीले बरामद गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित माछाबजार सडक खण्डमा भारतबाट भन्सार छली ल्याएका जुटको चार वटा बोरामा पितलको भाडा वर्तनहरू बेवारिसे अवस्थामा बरामद गरेको छ । १ सय ६६ किलो तौल भएको सो भाँडाकुँडा २ लाख रुपैयाँ मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित बसहिया हुँदै भारतबाट भन्सार छलि गरि ल्याइएका रजनीगन्धा १० पोका र तुलसी २८ पोका, बच्चाले लगाउने चुरा १ सय ५० डिबा, महिलाले लगाउने चुरा १७ डिबा र नम्बर पलेट नखुलेको अपाच्य मोटरसाइकल एकथान गरी १ लाख ३८ मूल्य बरारबरको समानहरू बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
जनकपुर उपमाहानगरपालिका वडा नम्बर ४ स्थित राम चोकबाट ज १ ह ४२९९ नम्बरको अटोबाट भारतबाट छलि गरि अवैध रुपमा ल्याइका मिठ्ठा, चिनी, बिस्कुट, रजनीगन्धालगायतका सामग्रीहरु बरामद गरेको धनुषा प्रहरीले जनाएको छ । सो सामग्रीहरुको मूल्य ३ लख ७८ हजार ४० रुपैयाँ बराबरको रहेको र सोसंगै अटो समेत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नियन्त्रणमा लिइएका सो सामग्रीहरु आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाइएको धनुषा प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!