अहिलेका

अष्ट्रेलियाको सिडनीमा मनाइयो छठ

जनकपुरधाम, २५ कात्तिक ।
लोकआस्थाको महान् पर्व छठ अष्ट्रेलियाको सिडनीमा निष्ठा एवम् पवित्रताका साथ मनाइएको छ । अष्ट्रेलियामा रहेका हिन्दु धर्मावलम्बी मधेसी समुदायका श्रद्धालुभक्तजनहरूले उदयाचल र अस्ताचल सूर्यको विधिपूर्वक पूजाअर्चना गरेका छन् ।

एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया(एन्टा)को संयोजन र व्यवस्थापनमा त्यहाँ छठ पर्व मनाइएको हो ।

‘थातथलोबाट कोसौं टाढा पुगेका मधेसीहरू आफ्ना धर्म, सँस्कृति र सँस्कारलाई अझै मानिरहेका छन्,’ एन्टासँग आबद्ध इन्जिनियर अभिषेक झाले भने,‘प्रकृतिका जीवनदायिनी तत्वप्रति कृतज्ञता व्यक्त गर्ने यो धार्मिक र परम्परागत अवसर पनि हो । सूर्य, जल, माटो, अग्नि र रुखवृक्षजस्ता जीवपोषक चिजबिजको प्रचुरता रहने छठ पर्वलाई हामीले मधेसकै मौलिकता साथ मनाएका छौं ।’

केही वर्षयता विदेशमा रहेका गैरआवासीय नेपालीहरूले छठलगायतका चाडबाड धूमधामका साथ मनाउँदै आएका छन् ।

तस्बिरमा सिडनीको छठ

Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!