अहिलेका


आइतबार धनुषाका एक उपमहानगर, ११ नगर र ६ गाउँपालिकामा काँग्रेस अधिवेशन

जनकपुरधाम, ४ मंसिर ।
नेपाली काँग्रेस धनुषाको १४ औं पालिकास्तरीय निर्वाचन आइतबार हुने भएको छ ।

जिल्लाका जनकपुरधाम उपमहानगरपालिका सहित ११ नगरपालिका र ६ गाउँपालिकाका एक सय ६९ वडामा वडास्तरीय अधिवेशन सकिएपछि आइतबार पालिकास्तरीय अधिवेशन हुन लागेको हो ।

यसअघि पालिकास्तरीय निर्वाचन शनिबारका लागि तोकिएको थियो । तर, अवडा अधिवेशनबाट प्राप्त निर्वाचन परिणाम इन्ट्री हुन नसकेकाले स्थगन गरिएको थियो ।

जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले शनिबार बसेको जिल्ला निर्वाचन समितिको बैठकले आइतबार धनुषामा पालिकास्तरीय अधिवेशन हुने जानकारी दिएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!