जनकपुरधाम, ७ कात्तिक ।
देशभरि नै सुपरमार्केट सञ्जाल तयार गरिरहेको भाटभटेनीले जनकपुरमा आफ्नो भवन निर्माण थालेको छ । देशका प्रमुख सहरमा एकै डिजाइनको भवन निर्माण गरेको भाटभटेनी सुपरमार्केटले जनकपुरमा पनि सुविधासम्पन्न सुपरमार्केट सञ्चालनमा ल्याउने तयारी थालेको हो ।
जनकपुरकोे मुजेलियास्थित रमण टावरसंग दक्षिणपट्टि जोडिएकोे जग्गामा भाटभटेनीले सुपरमार्केट निर्माण थालेको छ । रमण कन्ट्रक्सनसँग हालै करिब दुई कठ्ठा जग्गा खरिद गरेको भाटभटेनीले त्यहा“ सुपरमार्केटको निर्माण गरिरहेको छ ।
जनकपुर प्रवेश गर्ने क्रममा निर्माणाधीन सहिद गेटनजिकै भाटभटेनी सुपरमार्केटको निर्माण भइरहेको छ ।
भाटभटेनीले आफ्नो भवन ६ देखि ९ महिनाभित्रमा निर्माण सक्ने लक्ष्य लिएको छ । त्यसअवधिमा नै जनकपुरमा पनि भाटभटेनीले सुपरमार्केट निर्माण गरिसक्ने जनाएको छ ।
निर्माण समयमै सकिए नया“ वर्ष वैशाखदेखि जनकपुरमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आउने बताइएको छ । जनकपुरमा पिराडी चोकमा हाल सिरहा सुपरमार्केट सञ्चालनमा छ । यो, सिरहाको गोलबजारमा रहेको एबी मलको चेन सुपरमार्केट हो ।
यस्तै, कात्तिक २७ गते जनकपुरमा बलिउडका चर्चित गायक कुमार सानु आउने भएका छन् । ब्लुवर्ड इन्टरटेन्मेन्ट एचडीले जनकपुरमा कुमार सानुको स्टेज शो आयोजना गरेको हो । मुजेलियास्थित राजदरबार होटलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय चर्चित गायक कुमार सानुको एकल प्रस्तुति रहनेछ । आयोजक संस्थाका भिभोर पोखरेलका अनुसार त्यो कार्यक्रममा नेपाली गायक सुगम पोखरेल मोडल पूजा ठाकुर, रोशन पराजुली र सुशील नेपालको पनि प्रस्तुति रहने छ ।
