अहिलेका


आत्महत्या गर्नुपूर्व दुई सन्तानको हत्या

जनकपुरधाम, २३ असोज ।

धनुषाको नगराइनमा एक आमाले आत्महत्या गर्नुअघि दुई सन्तानको हत्या गरेकी छिन् ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ४ लगमाका गुरुदेव साहकी श्रीमति गुडिया साहले आत्महत्या गर्नु अघि दुई छोराको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

गुडियाले ५ वर्षीय अभिषेक साह र ३ वर्षीय आदित्य साहलाई घाँटी निमोठेर हत्या गरेपछि उनले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

श्रीमान गुरुदेव साह मजदूरी गर्नका लागि घरमा नरहेको बेला दुई छोराको हत्या गरेर गुडियाले आत्महत्या गरेको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

श्रीमान घरमा नरहेको र वयोवृद्ध सासु, ससुरा मात्रै घरमा रहेको बेला गुडियाले घटना घटाएर आत्महत्या गरेको जनाइएको छ । तर तर माइती पक्षले भने आत्महत्या नभई हत्या रहेको भन्दै अनुसन्धानको माग गरेको छ ।

गुडियाले प्रेम विवाह गरेका कारण उनले हत्या र आत्महत्या गर्न नसक्ने माइत पक्षको जिकिर छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले यस घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!