अहिलेका


आन्दोलनको चक्करमा राजर्षि जनक विश्वविद्यालय, कार्यालयमै थुनिए पदाधिकारी

जनकपुरधाम, १८ असोज ।
प्रदेश २ स्थित राजर्षि जनक विश्वविद्यालयका पदाधिकारीलाई आक्रोशित विद्यार्थीहरूले एउटै कोठामा थुनेका छन् ।

विश्वविद्यालयमा पढाइ नभएको भन्दै आक्रोशित विद्यार्थीहरुले कार्यालयमा ६ जना पदाधिकारीहरूलाई थुनेका हुन् ।

विश्वविद्यालय डीनको कार्यालयमा पदाधिकारीहरुलाई आक्रोशित विद्यार्थीले थुनेका थिए ।

समस्या समाधानका लागि विश्वविद्यालयका कर्मचारी र विद्यार्थी राखेर छलफल भएको धनुषा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । पदाधिकारीहरु बसेको कोठा थुनिएको र दुई पक्षबीच छलफल भएको उनले बताए ।

विश्वविद्यालयमा शिक्षक भर्नाको विवादले पठनपाठन लामोसमय देखि अवरुद्ध छ ।
विश्वविद्यालयमा पेपर करारमा कार्यरत शिक्षकहरु आन्दोलित पनि छन् ।

स्थापनाकालमा कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिएपनि हालसम्म माग सम्बोधन नगर्दा शिक्षकहरु पनि आन्दोलित छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!