अहिलेका


आपतकालीन उद्धार र राहतका लागि बरबरियाको हेलिप्याड

जनकपुरधाम, १६ कात्तिक ।
नयाँ र, सिर्जनात्मक र उत्पादनमूलक योजना कार्यान्वयनका दृष्टिले देशकै कान्छो मेयर उदयकुमार बरबरियाको सोच र तत्परता अब्बल मानिँदै आएको छ ।

बर्खाको पानी र कमला र अन्य सहायक नदीमा वर्षेनि आउने बाढीका कारण धनुषाको पूर्वी भेग प्रभावित हुँदै आएकाले सहिदनगर नगरपालिकाका मेयर बरबरियाले नगरपालिका क्षेत्रमा हेलिप्याड निर्माण शिलान्यास गरेका छन् ।

आपतकालीन उद्धार तथा राहतका लागि सहिदनगर नगरपालिका वडा नं.२ कमलपुरमा हेलिप्याड शिलान्यस गर्दै मेयर उदयकुमार बरबरिया

गाउँबस्ती डुबानमा हुँदा र पानीको तीव्र प्रवाहका कारण अग्ला ठाउँमा पनि हेलिकोप्टर अवतरण तथा उडान गर्न नसक्दा उद्धार एवम् राहत कार्यमा विलम्ब हुनेजस्ता कठिनाइ भइरहेकाले सहिदनगर नगरपालिका–२ कमलपुरमा मंगलबारबाट हेलिप्याड निर्माण गर्न थालिएको हो ।

‘बर्खाबाढी र आगजनीका विपत् परेका बेला मात्र होइन दुर्घटनापीडित तथा अन्य बिरामीलाई तत्काल ओसारपसार गर्न आपतकालीन अवतरणका लागि निर्माणाधीन हेलिप्याड जीवनदायिनी बन्न सक्छ,’ मेयर बरबरियाले भने ।

उनले जिल्ललाको पूर्वी भेगका सबैला, सहिदनगर, कमलालगायत नगरपालिकाका बासिन्दाका लागि आपत्कालीन उद्धार तथा राहतका लागि प्रयोग हुने हेलिप्याडबाट लाभ हुने जानकारी दिए ।

लाइफ नेपाल नामक संस्थाबाट प्राप्त एक लाख रुपैयाँबाट निर्माण आरम्भ भएको सो हेलिप्याडका लागि थप चार लाख रुपैयाँ सहिदनगर नगरपालिकाले दिनेछ ।

हेलिप्याड निर्माणस्थलमा पहिलेदेखि नै विपत्का बेला उपयोग गर्न सक्ने गरी धर्मशाला, मन्दिरलगायतका संरचना छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!