अहिलेका


उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

जनकपुरधाम, २५ कात्तिक ।


मिथिलाञ्चल सहित तराई मधेशमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सम्पन्न भएको छ । बुधबार बेलुका जलासयहरुमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर भजन किर्तनगरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै विधिवत रुपमा समापन भएको हो ।
कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत संकल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिन यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । सूर्य देवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।


त्यस्तै षष्टी तिथीको दिन अर्थात सन्ध्याकालीन र आज प्रभातकालीन सूर्यको अर्घ्य दिएपछि चार दिवसीय छठ पर्व विधिवत रुपमा समापन भएको छ ।
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्ने क्रममा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन छ ।


निर्धनता, निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको धार्मिक विश्वास छ ।
सूर्य आराधनाबाट चर्मरोगी निको हुने, सन्तान र धन लाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!