अहिलेका


उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

जनकपुरधाम, २४ असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेको छ । आइतबार बिहान बालुवाटार पुगेर उद्योगमन्त्री हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै प्रधानमन्त्री देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागिरहदाँ २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिन भित्रमाराजीनामा दिएका हुन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!