अहिलेका


उद्योग मन्त्री हमालद्वारा राजीनामा घोषणा

जनकपुरधाम, २४ असोज ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् ।
मन्त्री हमालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ।

 

उनले भने– मैले राजीनामा बुझाएको छु । मैले मेरो स्वविवेक प्रयोग गरेँ । त्यत्तिकै विवादमा किन पर्ने ? साथीहरु राजीनामा नगर्ने भनेका थिए । म राजीनामा दिने पक्षमा गएँ । मैले राजीनामाको जानकारी दिइसकेको छु । आजै राजीनामा बुझाउँछु ।’

 

प्रधानमन्त्री देउवालाई राजीनामा स्वीकृत गराउन माध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको भनाइ छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!