अहिलेका


उपसभापति विमलेन्द्र निधिको सक्रियता बढ्यो

कार्यकर्ता भेटघाट कार्यतालिका यस्तो छ

जनकपुरधाम, २२ असोज ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेलगत्तै स्थानीयस्तरसम्म कार्यकर्ता भेटघाटलाई तिव्रता दिएका छन् ।

दशैँको अवसरमा गृहनगर आएका पूर्वमन्त्री समेत रहेका उपसभापति निधिले यसैवीच क्षेत्रिय कार्य समितिको बैठकको कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

नेपाली काँग्रेस धनुषाका सचिव विशेश्वर यादवद्वारा जारी गरिएको विज्ञप्तिमा धनुषाको चार वटै निर्वाचन क्षेत्रमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजन गरिएको जनाइएको छ ।

सचिव यादवले धनुषाको सबै क्षेत्रिय कार्य समितिका सभापति सहित पदाधिकारी, सदस्यलगायतलाई निर्देशन दिदैँ सक्रियतापूर्वक सहभागिता हुन भनेका छन् ।

यस्तो छ कार्यतालिका

धनुषाको क्षेत्र नम्बर १ धनुषाधाममा असोज ३० मा दिउसो १ बजे, क्षेत्र नम्बर २ को कमला नगरपालिका पूर्वारी चोक लगमा वडा नम्बर १२ मा असोज २५ दिउसो १ बजे, क्षेत्र नम्बर ३ को नगराइन नगरपालिकामा असोज २४ दिउसो १ बजे र क्षेत्र नम्बर ४ को क्षीरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा दिउसो १ बजेको लागि समय निर्धारण गरिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!