अहिलेका


एउटा भावुक पल : मन्त्री बनेका यादवलाई झुपडीमा स्वागत गर्दै धर्मपत्नी

बारा, २८ असोज ।

आन्दोलन र विद्रोहका योजना बुनिरहेका रामसहाय यादव मधेसी जनअधिकार फोरमदेखि जनता समाजवादी पार्टी बन्दासम्म सधैँ शक्तिशाली र निर्णायक भूमिका देखिए ।

पार्टीभित्र र बाहिरका शक्तिसँग उनको अन्तर्सम्बन्धले गर्दा पनि उनको भूमिका र हैसियतका बारेमा लख काट्नेहरू धेरै थिए । तर वास्तविकतामा उनी पार्टी अध्यक्षका धेरै सारथिमध्येका एउटा मौन पात्र थिए ।

राजनीतिक सङ्घर्षबाट आएका तर आफ्ना आकांक्षा व्यक्त गर्न नसक्ने पात्र । समयले कोल्टो फेर्यो र उनी संघ सरकारमा वनमन्त्री बनाइए ।

बारा जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित यादवका गाउँमा उनको एउटा साधारण घर छ । झुपडी । अझ टहरा । त्यसमा बस्छिन् उनकी धर्मपत्नी चम्पादेवी ।

संघ सरकारका वनमन्त्री गएर आज गाउँ जाँदा उनै चम्पादेवीले मन्त्री यादवलाई आँगनमा स्वागत गरिन् । सामान्य भेषभूषा र मधेसी महिलाको लजालु स्वाभावका बीच मुन्टो निहुँराउँदै चम्पादेवीले स्वागत गर्दै गर्दाका दृश्य हेरेर त्यहाँ उपस्थित सबै भावुक भए ।

मन्त्रीकी पत्नी चम्पादेवी गाउँमै बस्छिन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!