अहिलेका


एकीकृत समाजवादीद्वारा मन्त्रीको टुंगो

जनकपुरधाम, १३ असोज ।
नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाएका छन् ।

नेकपा एमालेबाट विद्रोह गरेर शेरबहादुर देउवा सरकार गठनमा निर्णयाक भूमिका खेलेका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्रीको सिफारिस गरेका हुन् ।

मन्त्री बन्नेहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुंग, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने एक नेताले जनाएका छन् ।

एकीकृत समावादीबाट खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने विषय टुंगिएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि मन्त्री छनोटमा पार्टीभित्र कुनै समस्या नभएको स्पष्ट पारे ।

शेरबहादुर देउवा सरकारले अध्यादेश खारेज गरेसंगै जसपालाई समेत मन्त्रीपरिषद्मा सहभागी हुने बाटो खुलेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!