अहिलेका


एकीकृत समाजवादीबाट दुई प्रदेशमा मुख्यमन्त्री बन्ने, सहमति जुट्यो बालुवाटारमा

जनकपुरधाम, २१ असोज ।

नेकपा एकीकृत समाजवादीले प्रदेश नम्बर १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो ।

एकीकृत समाजवादीले दिएको जानकारी अनुसार बालुवाटारमा गठबन्धनको बैठकमा भएको सहमति अनुसार दुबै प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ ।

दुबै प्रदेशमा अहिले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा छ । भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ ।

प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित नै छ ।

यस्तो अबस्थामा बन्ने गठबन्धन सरकारमा एकीकृत समाजवादीले सुरुदेखि नै दावी प्रस्तुत गर्दै आएपनि काँग्रेसले समेत आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दा कसको नेतृत्व रहने भन्नेमा अलमल रहँदै आएको थियो ।

तर अब गठबन्धनमा सहभागी जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको एकीकृत समाजवादीका एक नेताले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!