अहिलेका


एकीकृत समाजवादी धनुषाको सपथ ग्रहण सम्पन्न

जनकपुरधाम, १९ असोज ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी धनुषाले ३०१ सदस्यीय कमिटीको सपथ ग्रहण सम्पन्न भएको छ ।

मङ्गलबार जनकपुरधाममा भएको सपथ ग्रहण कार्यक्रममा जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा क्रमशः रामचन्द्र पण्डित, शीतल साह, सोम प्रसाद शर्मा र राजकुमार यादब लगायत ३०१ जनाको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य तथा प्रदेश २ समाजवादी पार्टीका दलको नेता शत्रुघन महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीमा बिकृति बिसंगतिको बिरुद्ध आवाज उठाउनुपर्नेमा दलाल पुजिपतिको पार्टीमा एमाले पार्टीलाई केपि ओलीले रुपान्तरण गरेकै कारण हामीले पार्टीमा बिद्रोह गरि जनताको चाहना कम्युनिस्टहरूको ईच्छा बमोजिम समाजवाद ल्याउनको लागि बिद्रोह गरेर अगाडि बढेको बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य श्रीप्रसाद साहले नव धनाढ्यहरुले एमाले पार्टी खरिद गरि सकेकोले अब सामन्ती शोषकको दास बनेर एमालेमा बस्ने कि कम्युनिष्टको सिध्दान्त बोकेको माधब कुमार नेपालको पार्टीमा बिचारको राजनीति गर्ने भन्दै बिचार गर्न प्रश्न समेत गरे ।

जिल्ला ईन्चार्ज रत्नेश्वर गोईतले रुसको गोर्वाचोभ जस्तै केपि ओलिले दक्षिण पन्थि धारमा ओलिले पार्टीलाई लगेकोले नेपाली जनता नेकपा एकीकृत समाजवादीलाई रोजेको बताए ।

कार्यक्रममा पुर्व मन्त्री समेत रहेका केन्द्रिय सदस्य यदुबंश झा, केन्द्रिय सदस्य सुधिर प्रसाद साहले समेत शुभकामना दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!