अहिलेका


एमालेको अवरोधबीच सभामुखले अघि बढाए बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्।

एमाले सांसदहरुको नाराबाजीका बीच सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका नेतासमेत रहेका सांसद प्रेम सुवाललाई यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिएका छन्।

सो क्रममा सांसद सुवालले प्रमुख प्रतिपक्षीकै अवरोधका बीच संसद बैठक सुचारु हुन नसक्ने भन्दै वार्ता गर्नुपर्ने धारणा राखेका छन्।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!