जनकपुरधाम, १२ कार्तिक ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि एमालेका अध्यक्ष केपी ओलीले हिलो छ्याप्ने काम गरेको आरोप लगाएका छन् ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजवादी पार्टीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको आरोप लगाएका हुन् ।
उनले नेपालले संविधान मिचेर गत पुस ५ र जेठ ७ मा ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला गरेको बताए ।
उनले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने अवस्था आउने दावी समेत गरे । उनले भने, ‘हामीले गठन गरेको समाजवादीमा आकर्षण बढिरहेको छ,समाजवादी नै सच्चा कम्युनिस्ट भएको जनाको बुझाइ छ,’ उनले भने,‘हामीसँग सही विचार र देशलाई माया गर्ने संकल्प छ, अहिले समाजवादीलाई तथानाम भन्नेहरुलाई आगामी दिनमा टर्च बालेर खोज्ने दिन आउने छ ।’
अध्यक्ष नेपालले एमाले पार्टी अध्यक्ष केपी ओलीसँगै सति जाने थालेको आरोप समेत लगाए । एमाले अध्यक्ष केपी ओलीलाई कम्युनिष्ट पार्टी मन नपर्ने भएकोले उनले एकपक्षीय ढंगले पार्टीमा हैकम जमाएको बताए ।
उनले एकीकृत समाजवादी वास्तविक कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आफुले नेपालमा कम्युनिष्ट पार्टी निर्माणमा लामो समयदेखि संघर्ष गर्दै आएकाको दावी गरे । उनले तीनै तहको निर्वाचन एकै पटक गर्नु पर्ने बताए ।
