अहिलेका


एमालेले थारु नेता लेखीलाई भित्र्याउँदै

जनकपुरधाम, १७ असोज ।

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

शुक्रबार लोसपा नेपाल परित्याग गरेका नेता लेखीसहितका टोलीलाई जारी एमाले विधान महाधिवेशनमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

नेता लेखीसहितका टोलीलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

नेता लेखीले १० वर्षअघि एमाले छाडेर नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनी विभिन्न पार्टी हुदैँ पुनः एमाले प्रवेश गर्दै छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!