अहिलेका


प्रदेश २ मा दुई दर्जन नेताले दिए एमालेबाट सामुहिक राजिनामा

जनकपुरधाम, १८ असोज ।

नेकपा एमाले प्रदेश २ कमिटीका २५ जना प्रदेश सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्र छाडेर एमालेमा गएका नेता प्रभु साह निकटका २५ जना प्रदेश कमिटी सदस्यले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै सामूहिक राजिनामा दिएका हुन् ।

 राजीनामा दिने प्रदेश सदस्यहरूमा उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुसवाहा, त्रिभुवन साह, सियाराम कुसवाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, रासनारायण राय र सन्तोष मेहता छन् ।
एमाले अध्यक्ष केपी ओलीलाई आठबुँदे माग पेस गरेका नेता साहको माग सम्बोधन नभएपछि सामूहिक राजीनामा दिएको रामसिंह यादवले जानकारी दिए ।
गत ११ असोजमा एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै दुई सय ७३ सदस्यीय प्रदेश कमिटी बनाएका थिए ।
जसमध्ये २५ जनाले सामुहिक राजिनामा दिएको उनले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!