काठमाडौं, १४ मंसिर ।
नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता लिएका छन् । यो अग्रता प्रारम्भिक मतपरिणाम अनुसारको हो ।
निर्वाचन समितिका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेदवार ओलीले नौ सय १९ एक सय ४मत ल्याउँदा सोही पदका अर्का प्रतिस्पर्धी भीम रावलले एक सय ४ मत प्राप्त गरेका छन् ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मतदान गरेका छन् ।
अध्यक्षमा ओली र रावलको उम्मेदवारी छ भने अध्यक्ष ओलीद्वारा सर्वसम्मतिका लागि पेस भएको सूचीप्रति विमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाटै चयन हुनेछन् ।
