अहिलेका


एसइई परीक्षा आजबाट सुरु

जनकपुरधाम, ९ वैशाख ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि देशभर एकैसाथ एसइई परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

तस्बिर : अनिल यादव/ रौतहट

गत दुई वर्षयता कोरोना महामारीका कारण भौतिक रूपमा एसइई परीक्षा सञ्चालन हुन सकेको थिएन । ती दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसइई उतीर्ण गराइएको थियो । यस वर्ष भने भौतिक रूपमै परीक्षा सञ्चालन गरिँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरेको जनाएको छ । ती केन्द्रमा बोर्डले तयार पारेका प्रश्नपत्रहरू पठाइने र सामान्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन हुनेछ ।

बोर्डका अनुसार यस वर्षको एसइई परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ जना परीर्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ जना र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुनेछन् ।

यस वर्षको एसइई परीक्षामा सबैभन्दा कम परीक्षार्थी मनाङ्गमा छन् । मनाङ्गबाट ४३ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!