अहिलेका


कम्युनिस्टसँग जसपाको एकता असम्भव : उपेन्द्र यादव

जनकपुरधाम, १४ कार्तिक ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा माओवादी केन्द्र र जसपा नेपालबीच एकता सम्भव नभएको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै पार्टीका बीच एकीकरण गर्न जसपा अध्यक्ष यादव र पार्टीका अर्का नेता महिन्द्रराय यादवको नाम नै तोकेर आह्वान गरेका थिए । अध्यक्ष प्रचण्डले जनकपुरधाममै एकीकरण प्रक्रिया टुंगो लगाउने भनेका थिए ।

प्रचण्डको अभिव्यक्तिको प्रत्युत्तरमा जसपा अध्यक्ष यादवले जसपाको कम्युनिस्ट पार्टीहरूसँग कुनै पनि हालतमा एककिरण नहुने प्रस्ट्याए । प्रशोधक डटकमसँग आइतबार मध्याह्न उनले भने, ‘प्रचण्डजीलाई माओवादीहरू र अन्य कम्युनिस्टसँग एकता गर्न गाह्रो छ, अरूसँग एकता कसरी हुन्छ ?’

अध्यक्ष यादवले जसपाको कुनै पनि दलसँग चुनावी तालमेल भने हुन सक्ने बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!