अहिलेका


करले होइन, रहरले कर बुझाऔं : मन्त्री साह

जनकपुरधाम, १ मंसिर ।
प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले करले सरकारलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउने हुँदा करले कर नभई रहरले बुझाउने वातावरण सिर्जना हुनुपर्ने बताएका छन् ।

कर दिवस २०७८ को शुभकामना दिँदै मन्त्री साहले राज्यसञ्चालनको प्रमुख आधार कर भएकाले प्रतिनिधित्वबिना कर लगाउन र सो कर खर्च गर्न नपाउने सर्वमान्य सिद्धान्त भएको उल्लेख गरे ।

यो सिद्धान्तबाट लोकतन्त्र र कानुनको शासन प्रमाणित हुने भन्दै कर तथा गैरकरका बारेमा सरोकारवालाहरूमा चेतना अभिवृद्धि गर्न नेपाल सरकारले मंसिर १ गते कर दिवस मनाउँदै आएकोमा प्रदेश अर्थ मन्त्रालयले समेत सोही मितिमा कर दिवस मनाउने निर्णय गरेको मन्त्री साहले जानकारी दिए ।

स्वच्छ एवम् पारदर्शी तथा करदातामैत्री वातावरण कायम गर्न प्रविधि सुधार गर्ने, क्षमता सबलीकरण गर्ने तथा सेवाप्रवाहको आधुनिकीकरण र सरलीकरणका माध्यमबाट करमा नागरिकको लागत न्यूनीकरण गर्न प्रदेश अर्थ मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री साहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

घरजग्गा रजिस्ट्रेशन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयमा कर तथा सेवा शुल्क, पर्यटन शुक्ल, दण्डजरिवानालगायतका गैरकर लगाउन सक्ने अधिकार प्रदान गरेको छ ।

कर दिवसका अवसरमा मन्त्री साहले संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुनबमोजिम कर संकलनमा योगदान पुर्याउनेहरूलाई शुभकामना दिएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!