काठमाडौं, १७ कात्तिक ।
कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेशसभामा संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ ग्रहण गरेका छन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।
यसअघिका माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाहीले मंगलबार दिउँसो प्रदेश प्रमुख कलौनीसमक्ष दाबी पेस गरेका थिए । शाहीले प्रदेशसभामा २१ सांसद्को समर्थन पाएका छन् ।
शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए ।
