अहिलेका


कर्मचारी कुटेको भ्रम फैलाइयो : मेयर दास (भिजुअल बाइटसहित)

जनकपुरधाम, १२ असोज ।
विदेह नगरपालिकाका मेयर बेचन दासले नगरपालिकामा कार्यरत कर्मचारी चन्देश्वर ठाकुरलाई आफूले नकुटेको र उनलाई आफ्ना सहयोगी भनिएकाहरूले समेत नभकुरेको दाबी गरेका छन् ।

प्रशोधक डटकमसँग मंगलबार कुरा गर्दै मेयर दासले कर्मचारी ठाकुरलाई आफूले कुटेको प्रमाण भए सार्वजनिक गर्न समेत चुनौती दिए । उनले भने,‘कार्यालय परिसरमा सिसिटीभी जडान छन् । तिनको फुटेज हेर्न पनि म सबैलाई आग्रह गर्छु ।’

कर्मचारी दासले सेवाग्रहीसँग रकम लिएर सःमिल दर्ता गर्न गत सात महिनादेखि आनाकानी गरिरहेको र फर्मसमेत फिर्ता नदिएकाले उनीहरूसँग विवाद भएपछि आफूले हसतक्षेपमात्र गरेको मेयर दासको भनाइ छ ।

मेयर दासले कर्मचारी ठाकुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनअन्तर्गत किसानलाई बाँड्न मगाइएका दमकल, बोरिंग र स्प्रे पनि अनाधिकृत व्यक्तिलाई बिक्रीवितरण गरेको आरोप लगाए ।

तलको लिंकमा सुन्नुहोस्, मेयर दासकै आवाजमा उनका भनाइ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!