अहिलेका


कहाँ रोकियो गाँजाखेती, सिरहामा गाँजाबोट नष्ट गरिए

जनकपुरधाम, ४ मंसिर ।
तराई मधेसमा फँडानी भइसकेको गाँजाखेती अझै छिटपुट भइरहेको छ । शनिबारमात्र सिरहा प्रहरीले सात विघामा लगाइएको गाँजाखेती नष्ट गरेको छ ।

जिल्लाका फरक–फरक स्थानमा लुकीछिपी लगाइएका गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका प्रहरी एकाइबाट खटेका टोलीले मिर्चेया नगरपालिका ९, गोलबजार नगरपालिका ७, ८, ९ र १० र धनगढी नगरपालिका १२ मा गाँजा खेती फडानी गरेका छन् ।

करिब ७ विघा खेतमा लगाइएका गाँजाका २६ हजार ४ सय बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

सिरहाको उत्तरवत्र्ती क्षेत्रमा अझै किसानले गाँजाखेत गर्ने गरेका छन् । प्रहरीले भने सुराकीका आधारमा बर्सेनि गाँजाको बोट नष्ट गर्दै आएको छ ।

गाँजाखेती गर्ने माथि भने प्रहरीले कारबाही गर्न गर्न सकेको छैेन ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!