अहिलेका


काँग्रेसका पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन

जनकपुरधाम, ३ मंसिर ।
नेपाली काँग्रेस धनुषाको पालिका तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन स्थगित भएको छ ।

पार्टीको पालिका अधिवेशन मंसिर ४ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ६ गतेका लागि निर्धारण गरिएको थियो ।

जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले प्राविधिक कारणले स्थगन गरिएका ती निर्वाचन अर्को मितिमा गरिने बताए ।

जिल्लाभित्र केही वडा अधिवेशनमा अझै निर्वाचन नभइसकेको र केही ठाउँमा विवाद रहेकाले पालिका र प्रदेशसभा क्षेत्रीय प्रतिनिधि निर्वाचन स्थगन भएको बताइएको छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!