काठमाडौं, १३ मंसिर ।
नेपाली काँग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशन तालिकामा परिवर्तन गरिएको छ । महाधिवेशन उद्घाटनको मिति यथावत् राख्दै उम्मेदवार मनोनयन तालिका फेर्ने निर्णय कांग्रेसका प्रमुख तीन नेताको बैठकबाट गरिएको हो ।
सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले मनोनयन तालिका परिमार्जन गरेको हो ।
फेरिएको तालिकाअनुसार प्रदेशमा मंसिर १५ गते हुने भनिएको मनोनयन अब १७ गतेका लागि सारिएको छ ।
केन्द्रीय महाधिवेशनमा मंसिर २१ गते हुने भनिएको उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गतेका हुनेछ ।
महाधिवेशन उद्घाटनको मिति भने पूर्ववत् छ ।
