अहिलेका


काँग्रेसबाट यी नेताहरू बन्दैछन् मन्त्री

काठमाडौं, २२ असोज ।

संघीय सरकारको नेतृत्व गर्ने दल नेपाली काँग्रेसले सरकारमा सहभागी हुने थप नेताको नाम टुंगो लगाएको छ ।

शुक्रबार पूर्णता पाउने भनिएको मन्त्रिपरिषद्मा काँग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् ।


यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका स्रोतले बताएको छ । त्यस्तै रिजालले रक्षा र बडुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्नेछन् ।

कांग्रेसको भागमा परेको खानेपानी मन्त्रालयको नेतृत्व उमाकान्त चौधरीले गर्ने भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी हुने भएकी छन् ।

कांग्रेसको भागमा सात मन्त्री र एक राज्यमन्त्री परेको छ । यसअघि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!