जनकपुरधाम, २० वैशाख ।
राजनीतिक पृष्ठभूमि नभएका र पैसाको चलखेलका कारण धनुषाको मिथिला नगरपालिकाका मेयरमा काँग्रेस उम्मेदवार भएको बात लागेका महेन्द्र महतोको प्रचारमा पार्टीका हरूवा नेताहरू सक्रिय भएका छन् ।
नगरपालिकाको वडा नम्बर १ राधापुर क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य तर जनादेश लिन असफल चन्द्रमोहन यादव र पार्टीका जिल्ला अध्यक्षमा पराजित सन्तोष यादवलाई लिएर काठमाडौं महानगरपालिका प्रहरीका पूर्व डिएसपी महेन्द्र महतो म)गलबार घरदैलो गरे ।
घरदैलोका क्रममा जनताले डा.चन्द्रमोहनलाई सोधे, ‘तपाईं त रामबरण डाक्साबको छोरो । यो उम्मेदवार को हुन् । हामीले त यो नगरप्रहरी भएकै भरमा करौडौं कमाएका व्यापारी हुन् ।’
यो प्रश्न सुनेपछि संविधानसभा सदस्य डा.चन्द्रमोहनको उधोमुन्टो भयो । उनले भने, ‘मानिस नहेर्नुस्, गाछी हेर्नुस् ।’
मिथिला नगरपालिकामा जन्म भए पनि काँग्रेसका उम्मेदवार महतो काठमाडौंमा जागिरे जीवन बिताएका छन् । उनी घरिघरि चुनावका बेला राजीनामा दिएर चुनाव लड्न आएको भन्दै स्थानीयलाई झुक्याउँदै आएका थिए । पछिल्लोपटक उनी काँग्रेसका नेताहरूलाई पट्याएर पार्टीबाट टिकट लिन सफल भएको बताइन्छ ।
स्थानीय एक नेताका अनुसार उनले केही वर्षअघि काँग्रेसको मिथिला नगरपालिकास्थित कार्यालयको पर्खाल भत्काएका थिए ।