अहिलेका


काँग्रेस नेता प्रकाशशरण महत नेतृत्वमा भारत प्रस्थान

जनकपुरधाम, २१ ऋसोज ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा नेपाली काँग्रेसका प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय टोलीले पाँच दिने भारत भ्रमणमा प्रस्थान गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री महतसँग काँग्रेस केन्द्रीय सदस्य समेत रहेका तराई–मधेश समन्वय विभाग प्रमुख अजय चौरासिया र पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा टोलीमा सहभागी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उनी दिल्ली प्रस्थान गरेका हुन् । महतको टोलीलाई दिल्ली विमानस्थलमा बीजेपी विदेश विभागका केन्द्रीय सदस्य अश्विर जोहरले स्वागत गर्ने छन् ।
भ्रमण टोलीमा सहभागी नेता राणाले महतको टोलीले आज भारतको भाजपाका अध्यक्ष जेपी नड्डासँग भेट गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

भाजपा महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख विजय चौथाइवाले, लोकसभा सदस्य एवं महासचिव राजु विष्ट, राज्यसभा सदस्य एवं प्रवक्ता सुधांशु त्रिवेदी, श्यामप्रसाद मुखर्जी फाउन्डेसनका निर्देशक डा. अर्निबन गांगुलीसँग समेत भेट हुने उनको भनाइ छ ।
महतको टोलीले लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटवार्ता हुने भएको छ । राणाका अनुसार महतको टोलीले बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत नेपाली अध्ययन समूहसँग पनि अन्तक्रिया गर्ने भएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!