अहिलेका

काँग्रेस नेता यादवकी आमाको निधन, प्रधानमन्त्रीले व्यक्त गरे दुःख

जनकपुरधाम ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता रामकृष्ण यादवकी आमा जीवछी देवीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री यादवकी आमा जीवछीदेवीको ८४ वर्षको उमेरमा आज धनुषा जिल्लाको औरही गाउँपालिका वडा नम्बर ३ स्थित निवासमा निधन भएको छ ।

पार्टी केन्द्रीय कार्यालयद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा प्रधानमन्त्री देउवाले दिवंगत यादवप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेता यादव र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।

विज्ञप्तिमा नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्ने सन्ततीलाई जन्म दिनुभएकी जीवछी यादवको निधनले पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको उल्लेख छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!