काठमाडौं, १९ कात्तिक ।
मुख्य सत्तारुढ दल कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । राजधानीको बौद्धस्थित नयाँ बस्तीबाट प्रहरीले कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेका बेला पक्राउ गरेको हो ।
पक्राउ परेका लामासहितका व्यक्तिहरूबाट ६ लाख रुपैयाँ पनि बरामद गरिएको छ ।

लामा केही समयअघि पार्टीको जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।
जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको दाबी छ ।
