अहिलेका


काँग्रेस १४ औँ महाधिवेशनः सभापतिमा घोषणा गरेका उपसभापति विमलेन्द्र निधि कार्यकर्तासंग सहयोग अपिल

जनकपुरधाम, २४ असोज ।


नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका सभापति उम्मेदवार उपसभापति विमलेन्द्र निधिले धनुषामा कार्यकर्तासंग सहयोग गर्न अपिल गरेका छन् ।

धनुषाको सबै निर्वाचन क्षेत्रको मुकाममा दशैँ, तिहार तथा छठको अवसर पारेर शुभकामना आदानप्रदान आयोजना गरेर आफ्नो जनआधार बनाउन उपसभापति निधि अहिले कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन् ।

आइतबार धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ स्थित नगराइन नगरपालिकाको एक विद्यालयमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उपसभापति निधिले सभापतिमा आफुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

उपसभापनि निधिले भने– ‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसंग अनुरोध छ ।

उनले अघि थप्दै भने– सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ । तपाईंहरूको साथ सहयोग र समर्थन आवश्कय छ ।

उनले अब आउने महाधिवेशनमा विश्वप्रकाश र गगन थापाहरुको दावेदारी रहने हुनाले अबको पाँच वर्षपछि यूवापुस्ताले काँग्रेसको नेतृत्व गर्ने बताए ।
उनले भने– १५औँ महाधिवेशनमा सभापति पदमा विश्वप्रकाश र गगन थापालगायतकाहरूको दाबेदारी हुन्छ ।
उनले भने– १४ औँ महाधिवेशनको बेला नै मलाई सहयोग गर्नेछु भनेर सभापति शेरबहादुर देउवाले भन्नुभयो । १४
औँ महाधिवेशन देखि नै सभापतिका लागि आफूलाई सहयोग गर्न भनेको र सभापति शेरबहादुर देउवाले सहयोग गर्ने वचन १३ औँ महाधिवेशनकै बेला दिनु भयो ।
उपसभापति निधिले सभापतिसंग भएको भलाकुसारी स्मरण गर्दै भने– १३ औँ महाधिवेशनमा तपाईंलाई सभापति बनाउन म त्याग गर्न तयार छु भन्नुभयो ।
मैले १४ औँ महाधिवेशनमा मलाई समर्थन गर्नुपर्छ भनेर वहाँलाई भनेको छु । सभापति देउवासँगको कुराकानी भएकोबारे उपसभापति निधिले कार्यकर्ताहरूलाई सुनाउदै भने– उहाँले सबै नेताहरूका बीच यो मेरो अन्तिमपटक हो । अब तपाईं नै हो भन्नुभयो ।

तर सभापति देउवाले १५ औँ महाधिवेशनमा सहयोग गर्ने कुरा गरेको कार्यकर्ता भेलामा उपसभापति निधिले सुनाए । उनले भने– तर मैले चाँही अस्वीकार गरे ।
कार्यकर्ता भेलामा नेता निधिले वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गर्न जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।

उनले वडा, जिल्ला देखि प्रदेश तहसम्म सहमतिमै टुंग्याउनुपर्ने भएकाले यसका लागि धनुषा जिल्लाले सकारात्मक सन्देश दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!