पुस ७
काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ ।सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाइराखेको अवस्थामा प्रदेश ३ (०२(०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी।सी।को पल्सर मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका(३ घर भइ गैरीगाउँ लामाबगर बस्ने १९ वर्षीय पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका(१ घर भइ लामबगर बस्दै आएका २२ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् ।पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यही मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका (८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाइएको ट्राफिक महाशाखाले जनाएको छ ।
