अहिलेका


.काठमाडौं मोडल कलेजको होस्टलमा बसने विद्यार्थीको मृत्यु

 

 

रागिनि पण्डित

पुस ६,

राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेज ९केएमसीको होस्टलमा बस्ने विद्यार्थीको मृत्यु भएको छ । होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको लापरवाहीले सहनीको मृत्यु भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!