अहिलेका


कानून व्यवासयीद्वारा धनुषा अदालत मुलढोका बन्द गरी धर्ना

जनकपुरधाम, २८ कात्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै धनुषाका कानुन व्यवसायीहरुले जिल्ला अदालतको अगाडी धर्ना बसेका छन् ।


आइतबार नेपाल बार एसोसिएसन जनकपुरले पुर्व निर्धारित कार्यक्रम अनुसार बिहान साढे ११ बजे देखि एक घन्टासम्म धनुषा जिल्ला अदालतको मुल ढोका अवरुद्ध पार्दै कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् ।
नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहले न्यायधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने माग राखेर आन्दोलन गरेको बताए ।
उनले बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अदालत अगाडी एक घन्टा प्रदर्शन गरेको समेत स्पष्ट पारे ।
उनले तीन दिनसम्म एक घन्टे धर्ना कार्यक्रम जारी रहने बताए ।
कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाधेर धर्नामा बसेका छन् ।
अदालतको मुलढोका नै अवरुद्ध गरेर धर्नामा बसेपछि सेवाग्राहीलाई मर्का परेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!