अहिलेका


किन आक्रामक भए प्रदेश २ सरकारका प्रवक्ता

जनकपुरधाम ।
प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहासँग दुव्र्यवहार गर्ने शक्ति तथा समूहका अराजक, उपद्रवी र निन्दनीय कार्यप्रति घोर भत्र्सना गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै सभ्य, सुसंस्कृत र संस्कारी समाजको परिकल्पनाविपरीत अनुशासनहीन, असंयमित र आतंकपोषक आतातायीहरूको अमानवीय तथा अवाञ्छित गतिविधिलाई किमार्थ स्वीकार गर्न नसकिने बताए ।

उनले भने, ‘व्यक्तिको अस्तित्व, आत्मसम्मान र मर्यादाको मानमर्दन हुने गरी आज भएको घटनामा संलग्नहरूमाथि कडाभन्दा कडा कार्बाही गर्न प्रदेश सरकारले सरोकारवालालाई निर्देशन दिएको छ ।’

मन्त्री साहले घटनालाई असह्य र चिन्ताजनक भन्दै त्यस्ता दुष्कार्यले अनाधिकृत र अवैधानिक संस्थाबाट अनुचित काम हुने जोखिम बढेको उल्लेख गरे ।

उनले घटनामा पाषाणयुगीन क्रुरतम न्याय पुनस्र्थापित गर्न खोजिएको दाबी गर्दै भने, ‘यस्तो न्यायमा सही र गलत छुट्याउने विवेकशुन्य हुन्छ । राज्यमा हरेक समस्या समाधान गर्ने संस्था र संयन्त्र हुन्छन् । जसमाथि विश्वास र भरोसा गर्नुपर्ने हुन्छ ।’

उनले जनमत पार्टीका कार्यकर्ताहरूले कानुन हातमा लिएर कथित न्याय गर्ने नाममा सार्वजनिक आतंक मच्चयाएको भन्दै जनमत पार्टीलाई अधिनायकवादी, व्यक्तिपूजक, संकीर्ण अहंकारवादी र जनविरोधी रहेको संज्ञा दिएका छन् ।

घटनामा संलग्न जोसुकैलाई पनि राजनीतिक वा सामाजिक आन्दोलनका नाममा उनमुक्ति नदिइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री साहले घटनाका कारणले विचलित नहुन र आफ्नो मनोबल कमजोर नपार्न राष्ट्रसेवक कर्मचारीहरूसँग आग्रहसमेत गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!