अहिलेका


किन जनकपुर आए जसपा अध्यक्ष उपेन्द्र यादव ?

जनकपुर विमानस्थलमा भव्य स्वागत

जनकपुरधाम, १० असोज । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आइतबार जनकपुरधाम आएका छन् । प्रदेश २ को राजधानी जनकपुरधाममा विमानस्थलमा अध्यक्ष यादवको भव्य स्वागत गरिएको छ ।

उनको स्वागतका लागि प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वराज्यमन्त्री सरोज कुशवाहा, पार्टीका स्थानीय नेता शेषारायण यादवलगायत सयौंको सँख्यामा नेताकार्यकर्ताहरू विमानस्थल पुगेका थिए ।

जसपाबाट अलग्गिएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रदेशमा पार्टी संसदीय दलका नेता छनोट गरेर पार्टी संगठनलाई विस्तारित तथा पुनर्जीवित बनाउन प्रयत्न गरिरहेका बेला जसपा अध्यक्ष यादवको जनकपुरधाममा आगमन भएको हो ।


अध्यक्ष यादवको जनकपुर बसाइमा तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) नेपालबाट आएका नेताकार्यकर्ताहरूको प्रदेश कमिटीमा समायोजन हुने जसपा प्रदेश २ का अध्यक्ष विजयकुमार यादवले बताए । उनका अनुसार समायोजित प्रदेश कमिटीको घोषणा राष्ट्रिय अध्यक्ष यादवले नै गर्नेछन् ।

पार्टीको संशोधित विधानअनुसार प्रदेश कमिटीमा एक सय ५० जना रहनेछन् । एघारजना पदाधिकारीको सँख्या बढाएर पन्ध्र बनाइएको छ ।


जसपा अध्यक्ष यादव चार दिनसम्म जनकपुरधाममा रहनेछन् । उनी जलेश्वरमा आयोजित जितिया महोत्सवमा सहभागी हुनेछन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!