जनकपुरधाम, ३१ असोज ।
कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादवले किसानले पाउनुपर्ने सेवा सुविधा गैर किसानले पाएकोमा दुःख व्यक्त गरेका छन् ।
आइतबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै मन्त्री यादवले किसानका लागि राज्यले प्रदान गरेको सेवा तथा सुविधाहरू केही टाठा बाठाले मात्र पाउनु दुःखद भएको बताए ।
उनले यस्तै कारणले कृषिको उत्पादन र किसानको जीवनस्तर माथि उठ्न नसकेको बताउँदै उनले अब यस्तो हुन नदिने बताए ।
उनँले राज्यले प्रदान गर्ने कृषि क्षेत्रको अनुदान तथा सहुलियत वास्तविक किसानको हातमा पुग्न जरुरी रहेको बताए ।
उनले नेपाल सरकारले कृषि क्षेत्रको विकासका लागि प्रदान गरेको बजेट तथा कार्यक्रम पारदर्शी रुपमा सञ्चालन गर्नका लागि कर्मचारीहरूलाई निर्देशन दिए ।
